२७ जेष्ठ २०८३, बुधबार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । संयोजक दाहालले आफूहरुले १६ वटा कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाएर अघि बढेको र त्यही एकताको आधारमा सहमती, सहकार्यको बाटोबाट सबै कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा उभ्याएर समाजवादतिरको यात्रालाई अघि बढाउन चाहेको समेत बताउनु भयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै विभिन्न छलकपट गरेर आफ्नै सहकर्मीहरुमाथि प्रतिशोध साँध्ने काम गरिरहेको आरोप समेत लगाउनु भयो ।

अध्यक्ष दाहालले भन्नुभयो,‘आफूलाई कम्युनिष्ट भन्नेहरुले विभिन्न छलकपट, जालप्रपञ्च गरेर आफनै सहयोद्धाहरुलाई प्रतिसोध साँध्ने प्रयास भईराखेको छ भने अर्कोतिर हामीले १६ वटा अव विस्तारै यसमा थपिदै जान्छ । सबै कम्युनिष्टहरुलाई एउटै ठाउँमा केन्द्रित गर्ने विचार नेपाली कम्युनिष्ट पार्टी यही एकताको, यही सहमती, सहकार्यको यही समाजवादतिरको यात्राको नेतृत्व गर्ने संकल्पसहित आएको पार्टी हो । त्यसकारकाण तपाई हामी सबैले यो कुरा बुझन जरुरी छ ।’

संयोजक दाहालले आफूहरुले जेन–जीहरुको माग सम्बोधन गर्ने कामलाई प्रमुखताका साथ अघि बढाएको समेत बताउनु भयो ।