२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रतिनिधि सभा सदस्य निर्वाचनसम्बन्धी कानुन र व्यवस्थापनका विषयमा राजनीतिक दलहरू तथा नागरिक प्रतिनिधिहरूसँग छलफल गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल दिउँसो १ बजे सिंहदरबारमा सुरु हुनेछ। छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले आ–आफ्नो प्रस्तुतीकरण गर्ने कार्यक्रम छ।

छलफलमा राजनीतिक दलका दोस्रो तहका नेताहरू सहभागी हुने छन्। एमालेबाट शंकर पोखरेल र महेश बर्तौला, कांग्रेसबाट सहमहामन्त्री महेन्द्र यादव, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन र राजेन्द्र पाण्डे सहभागी हुनेछन्। यस्तै, रास्वपाबाट शिशिर खनाल र सोविता गौतम सहभागी हुने तय भएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई केन्द्रमा राखेर प्रधानमन्त्री कार्कीले पछिल्लो समय विभिन्न राजनीतिक दलका नेताहरूसँग निरन्तर छलफल गरिरहनुभएको छ। यद्यपि अहिलेसम्म शीर्ष तहका नेताहरूसँग औपचारिक भेटघाट भने भएको छैन।