२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल निर्वाचनको कुनै सम्भावना छैनः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

पार्टीको ११ औँ महाधिवेशनका स्वयंमसेवकहरुलाई धन्यावाद ज्ञापन गर्न बिहीवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सरकारले नेताहरुमाथि प्रतिवन्ध, अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचर र मिडिया ट्रायल गरेर समाजमा त्रासको वातावरण सिर्जना गरेको आरोप लगाउनु भयो । उहाँले प्रधानमन्त्रीसहित राष्ट्रपतिसँगको छलफलमा आफूले एमाले निर्वाचन विरोधी नभई प्रतिगमन विरोधी भएको कुरा राखेको समेत खुलाउनु भयो । अध्यक्ष ओलीले निर्वाचनको लागि वातावरण नबनेको कारण आफूहरु विघठित संसद पुनःस्थापनाको मुद्दामा अडिग रहेको समेत जिकिर गर्नुभयो ।

उहाँले पछिल्लो समय जेनजी काममा समाजमा भय र त्रास सिर्जना गर्ने काम गरिएको समेत टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपतिजीको जोड चुनाव गराउनुपर्छ भन्नेमा थियो । हामीले यो यो अग्रमगमनको बाटो गएको छैन प्रतिगमतिर गएको छ भन्यौँ । असंवैधानिक ढंगले सरकार बनेको छ । तर पनि चुनाव विरोधी हामी होइनौँ ।

प्रतिगमविरोधी हौँ । चुनाव हुनु हुदैन भन्ने हाम्रो कुरा होइन । प्रतिगमन हुनुहुदैन भन्ने हाम्रो कुरा हो । सकेसम्म छिटो संसदको उपस्थिति चाहिन्छ । त्यसकारण हामीले विघटित संसद पुनःस्थापनको माग गरेका छौँ । छलफलमा यस विषयमा अदालतले जे फैसला गर्छ त्यसको कार्यान्वयन गर्ने कुरा भयो ।

राष्ट्रपति र प्रधानमन्त्री चुनाव गरौँ भन्दा हामीले नगरौँ भनेका छैनौँ । तर खै वातावरण बनेको रु वातवरण बन्ने लक्षण छैन, बनेको छैन । अहिले विभिन्न ठाउँमा आक्रमण हुने, कतै जान नदिने, नेताहरुमाथि प्रतिबन्ध, अनेक प्रकारका अखबारबाजी, सामाजिक सञ्जालबाट दुस्प्रचर र मिडिया ट्रायल गर्ने कुराहरु लगातार भइरहेको छ । र त्रास खडा गर्ने वातावरण बनेको छ । नवयुवाहरुको नाम बेचेर जेन–जीका नाममा केही छट्टु टाठाबाठाहरुले खाने गरेका छन् । त्यसकारण अहिले वातावरण बनेको छैन, बन्नेवाला पनि छैन र अहिले निर्वाचनको सम्भावना नै देखिदेन ।’

जेन–जीका नाममा नवयुवाहरुको नाम बेचेर केही छट्टु टाठाबाठाहरुले खाइरहेको टिप्पणी समेत गर्नुभयो ।