काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् ।
ललितपुरको ज्वागलस्थित मेयर शाहका निकट कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको हो ।
वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् ।
उनीहरूबीच भएको कुराकानीबारे विस्तृत जानकारी भने आउन बाँकी छ ।












