काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सँग भेटवार्ता गरेका छन्।
ललितपुरको ज्वागलस्थित मेयर शाहका निकटस्थ कुमार बेनको निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। वार्ता सकेर लामिछाने केहीबेरअघि बाहिरिएका छन्।
भेटपछि सञ्चारकर्मीले वार्ताको विषयवस्तुबारे प्रश्न गर्दा लामिछानेले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के भन्छ ?’ त्यसपछि उनले भेटबारे थप कुनै प्रतिक्रिया दिएनन्।
सामान्यतया सञ्चारमाध्यमसँग खुला रूपमा कुरा गर्ने लामिछानेले यसपटक भने भेटवार्ताको उद्देश्य र निष्कर्षबारे मौनता कायम गरेका छन्। भेटको विषयवस्तु अहिलेसम्म सार्वजनिक गरिएको छैन।












