२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन २१ को निर्वाचन नयाँ शक्ति उदयको प्रस्थानबिन्दु हुनुपर्छः मन्त्री घिसिङ



अ+ अ-

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनलाई नयाँशक्ति उदयको प्रस्थानबिन्दु बनाउनुपर्ने बताउनुभएको छ ।

उज्यालो नेपाल पार्टीको कार्यलय उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले फागुन २१ को चुनावलाई चुनावको रुपमा मात्रै लिन नहुनेमा बताउनु भयो । जेनजी आन्दोलनबाट स्थापित भएको सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने उल्लेख गर्नुहुँदै उहाँले देशमा चुनावको माहोल बनिरहेको पनि दाबी गर्नुभयो । उहाँले नयाँ सबै शक्तिहरु एकजुट भएर नेपालको समृद्धि, सुशासन, देशभित्रै रोजगारी सिर्जना, सामाजिक न्यायको स्थापनाको लागि अगाडी बढ्नुपर्ने बताउनु भयो । जेन–जी आन्दोलनको स्प्रिड पनि यही रहेको उहाँको भनाई छ । उहाँले चुनावबाट फेरि पुरानै शक्तिहरुको उदय भएमा ठूलो दुभाग्र्य हुने बताउनु भयो । उहाँले नयाँ राजनीतिक दल, समूह र व्यक्तिहरु एकतावद्ध भएर लाग्नुपर्ने आजको आवश्यकता आँैल्याउनु भयो । सम्पूर्ण नेपालीहरुको चाहनाअनुसार नयाँ शक्तिहरु एकठाउँमा आउने गरी प्रयासहरु भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले देशमा चुनावको माहोल बढिरहेको छ । जेन–जी आन्दोलनबाट जुन सरकार स्थापित भएको छ । आजको परिस्थिति जुन हिसाबले बनेको छ, यो सरकारले फागुन २१ मा चुनाव गर्ने हो । फागुन २१ को चुनावलाई चुनावको रुपमा मात्रै होइन, नयाँ शक्तिहरुको उदयको प्रस्थानबिन्दु पनि हुनुपर्छ भन्ने हामी सबैले कामना गर्नुपर्छ । यसतर्फ हामी अगाडी बढ्नुपर्छ । सबै देशभित्र र बाहिर भएका सम्पूर्ण नेपालीहरुले अब एकतावद्ध भएर नयाँशक्ति, नयाँ नेतृत्वहरुको एउटा समूह, टिम अगाडी बढ्नुपर्छ । युवापुस्ता नेपालको समृद्धिको लागि, सुशासनको लागी अगाडी बढ्नुपर्छ । जेन–जी आन्दोलनको स्प्रिड पनि यही थियो । देशमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने, देशको समृद्धिको लागी अगाडी बढ्ने जुन स्प्रिडमा जेनजी आन्दोलन भयो । यसको रिजल्ट यदी राम्रो आएन, फेरि पनि त्यही स्थितिमा देश फर्कियो भने त्यो भन्दा ठूलो दुर्भाग्य केही पनि हुँदैन । अब आगामी दिन यो देशलाई माथि लान, देशलाई समृद्धतर्फ अघि बढाउन अब नयाँ पुस्ता, युवा पुस्ता र नयाँ शक्तिहरु एकतावद्ध भएर अगाडी बढ्नुपर्ने आजको आवश्यकता हो । त्यसैले यसतर्फ हामी सम्पूर्ण नयाँ शक्तिहरु, नयाँ व्यक्तित्वहरु जसले यो देशमा केही गरौँ भनेर डेलिभरी दिइरहेको छ, केही गरौँ भनेर लागीराख्नुभएको छ । यी तमाम व्यक्तित्वहरु, समुहहरु, पार्टीहरु एकतावद्ध हुनु आजको आवश्यकता हो र नयाँ नेतृत्वहरु स्थापित गर्दै अगाडी बढ्नुपर्छ ।’

उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहनुभएको उहाँले स्थापनाको छोटो समयमा नै पार्टीले देशभर तरङ्ग ल्याएको पनि दाबी गर्नुभयो । उहाँले नयाँशक्तिलाई एकजुट गराउने नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीको कार्यलयसँगै देशको समृद्धि, सुशासन र सामाजिक न्यायको अगाडीको बाटो पनि उद्घाटन भएको दाबी गर्नुभयो । भ्रष्टाचारमुक्त, सुशासित, समृद्ध, आत्मनिर्भर अर्थतन्त्र भएको देश निर्माण गर्न तथा रोजगारी र सामाजिक न्यायको पक्षमा यो पार्टी लाग्ने उल्लेख गर्नुभयो ।