काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न महाराजगञ्जस्थित उनको निवास पुगेका छन् ।
सञ्चारमन्त्री खरेल शुक्रबार बिहान देउवा निवास महाराजगन्जमा भेटका लागि पुगेका हुन् ।
खरेलले देउवालाई भेटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेट्ने कार्यक्रम छ ।












