२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

६५ दलले समानुपातिकको बन्दसूची बुझाए



अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगमा ६५ राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको बन्दसूची बुझाएका छन्।

आयोगका अनुसार मंगलबार बिहानसम्म नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित ६५ दलले बन्दसूची दर्ता गराएका हुन्।

निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन सोमबारसम्मको समय निर्धारण गरेको थियो। तर निर्धारित समयभित्र बन्दसूचीका लागि निस्सा बुझाएका दलहरूले मंगलबारसम्म पनि बन्दसूची बुझाइरहेको आयोगले जनाएको छ।

आयोगका अनुसार समयमै निस्सा लिएका दलहरूको बन्दसूची दर्ता प्रक्रिया जारी रहेको छ। समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधित्व सुनिश्चित गर्न दलहरूले संविधान र प्रचलित कानुनअनुसार बन्दसूची पेस गर्नुपर्ने व्यवस्था छ।