२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकुलको कटाक्षः रूख–सूर्य मिलेर चुनाव लडे भो, पटके समानुपातिकले नाम फिर्ता लिनुपर्छ



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पटक–पटक समानुपातिक प्रणालीमार्फत संसद् पुग्न रुचाउने नेताहरूलाई लक्षित गर्दै कटाक्ष गरेका छन्।

कांग्रेस–एमाले मिलेर चुनाव लड्नुपर्ने बहस चलिरहेका बेला समेत चुनाव सामना गर्न डर देखिनु अनुचित भएको उनको टिप्पणी छ।

बाँस्कोटाले आज बिहान सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक–पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक हो। अझ तिनैले रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन्। रुख–सूर्य मिलेपछि चुनाव लडे भो त। अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले।”

उनले आफूलाई शक्तिशाली र लोकप्रिय दाबी गर्ने नेताहरू पटक–पटक समानुपातिक सूचीबाट संसद् पुगेको कारण समावेशीताकै बेइज्जत भएको उल्लेख गरेका छन्। यसमा पुरुष नेताहरूको संख्या अझ बढी देखिएको उनको आरोप छ।

यसैबीच, एमालेले बुझाएको समानुपातिकको बन्दसूचीमा पार्टीका पदाधिकारीमध्ये उपाध्यक्ष रामबहादुर थापा बादलको नाम समावेश भएपछि पार्टीभित्रै असन्तुष्टि देखिएको छ।