२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

समानुपातिक उम्मेदवारको बन्दसूची सच्याइने रविको दाबी



अ+ अ-

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूची सच्याइने प्रतिवद्धता जनाएका छन्।

मंगलबार पोखरामा पत्रकारहरूसँग कुरा गर्दै उनले समानुपातिक सूचीमा विभिन्न कारणले केही त्रुटि देखिएको स्वीकार गर्दै त्यसलाई सुधार गर्न पार्टी तयार रहेको बताए।

समय अभाव, प्राविधिक पक्ष र केही व्यवस्थागत कारणले सूचीमा त्रुटि परेको उनले दाबी गरे।

‘विभिन्न क्षेत्रमा आफूलाई प्रमाणित गरिसकेका साथीहरू छन् । कतिपय अवस्थामा समयको अभावले समस्या देखिएको छ भने कतिपय प्राविधिक कारणले पनि त्रुटि भएको छ,’ उनले भने, ‘नियतमा कुनै समस्या छैन । निर्णयहरू कहिलेकाहीँ तलमाथि भए पनि सच्याउन सकिन्छ । हामीले बोक्नुपर्ने कोही छैनन्, सच्याउनुपर्ने कुरा अवश्य सच्याइन्छ।’

सभापति लामिछानेले पार्टीप्रति विश्वास राख्न आग्रह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता र न्यायका पक्षमा दृढ रहेको पनि दाबी गरे।