२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक



अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक भएको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच भएको वार्तामा सम्भव हुने किसिमका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलले जानकारी दिनुभयो ।

दुवै पक्षबीच मुलुकमा शान्ति, स्थिरता, विकास र समृद्धि कायम गर्ने सन्र्दभमा सहमति भएको उहाँको भनाइ छ । “वार्ता सकारात्मक छ । संविधान र कानुनअन्तर्गत रहेर उहाँहरुको कति माग अहिलेको सरकारले र कति माग आगामी सरकारले पूरा गर्न सक्छ, उहाँहरुको मागबारे  केस्रा केस्रा छलफल भएको छ”, उहाँले भन्नुभयो, “सरकारको दायरा र जिम्मेवारी अन्तर्गत रहेर माग पूरा गर्न सरकार प्रतिबद्ध छ ।”

वार्तामा प्रधानमन्त्री कार्कीले अभियानका मागहरु गम्भीर चासोका साथ लिनुभएको थियो भने संयोजक प्रसाईंले अभियानको मागप्रति सरकारको ध्यानार्कषण गराउनुभएको जनाइएको छ ।