२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा रामजी रामले पनि लिए रास्वपाको समानुपातिक बन्दसूचीबाट नाम फिर्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिने क्रम जारी रहेको छ। यसैबीच रास्वपाबाट समानुपातिक सूचीमा परेका डा. रामजी रामले पनि आफ्नो नाम फिर्ता लिएका छन्।

डा. रामले सामाजिक सञ्जाल फेसबुकमार्फत दलित समुदायको गौरव, आत्मसम्मान र दीर्घकालीन प्रतिनिधित्वलाई केन्द्रमा राख्दै स्वेच्छाले समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको जानकारी दिएका छन्।

उनले संसद्‌मै पुगेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता आफूले नराखेको उल्लेख गर्दै सामाजिक चेतनाका विभिन्न मोर्चाबाट पनि सामाजिक न्यायको लडाइँ लड्न सकिने विश्वास व्यक्त गरेका छन् । “म संसद्को कुर्सीमा बसेर मात्र परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता राख्दिनँ। बाहिरैबाट पनि सामाजिक न्यायको पक्षमा निरन्तर आवाज उठाउनेछु,” उनले लेखेका छन् ।

समानुपातिक उम्मेदवार छनोटलाई लिएर सामाजिक सञ्जालमा चौतर्फी आलोचना बढ्दै गएपछि पछिल्ला दिनहरूमा सूचीबाट नाम फिर्ता लिनेहरूको संख्या बढ्दै गएको छ।