२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको उपाध्यक्ष तोकिएका कुलमान भन्छन्- औपचारिक रूपमा कार्यान्वयन आएको छैन, सदस्यता पनि छैन 



अ+ अ-

काठमाडौँ: मन्त्री पदबाट राजिनामा दिनुभएका कुलमान घिसिङले आफूले पदमा रहँदा देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेको बताउनुभएको छ ।

मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा हिजो  आयोजित पत्रकार सम्मेलनमा उहाँले समयको दृष्टिले अवधि छोटो भए पनि महत्त्वपूर्ण नीतिगत सुधारको बलियो जग बसालिएको बताउनुभयो ।

“इमान्दार प्रयास गरिए परिवर्तन सम्भव हुन्छ भन्ने आशा र विश्वास नागरिकमा जगाउन सकिएको छ”, घिसिङले भन्नुभयो, “सरकारको उपस्थिति कागजमा सीमित रहेन, मैदानमै देखियो । प्रत्यक्ष निर्देशन र सक्रिय नेतृत्वमा जनअपेक्षाअनुसारका काम भए ।”

घिसिङले आफूले लिएको राजीनामाको निर्णय माग्ने तथा जिम्मेवारीबाट विमुख हुने प्रयास नभई आत्मसम्मान, नैतिककता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो भन्नुभयो । “पदमा रहँदा मात्रै होइन, पदबाट बाहिर रहेर पनि देश र जनताकोपक्षमा उभिनु नै साँचो कर्तव्य ठानेको छु”, उहाँले भन्नुभयो ।

घिसिङले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा आफ्नो नाम उल्लेख भए पनि उक्त सहमति हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा नआएको स्पष्ट पार्नुभयो । आफ्नो समर्थन र सद्भाव रहँदारहँदै पनि आफूले आजसम्म कुनै राजनीतिक पार्टीका सदस्यता लिएको उहाँको भनाइ छ ।

राजनीतिक जीवनमा औपचारिक प्रवेश गरेपछि मात्रै पार्टी सदस्यता लिने आफ्नो स्पष्ट धारणा रहेको उल्लेख गर्दै उहाँले राजीनामापश्चात् सो पदमा आफ्नो मान्छेलाई नियुक्त गर्न दबाब दिएको भन्ने विषय भ्रामक भएको बताउनुभयो ।

राजनीतिक जीवन सुरु

उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहनुभएका घिसिङले अब आफ्नो सक्रिय राजनीतिक जीवन सुरु हुने स्पष्ट पार्नुभयो । तीन वटा मन्त्रालयको जिम्मेवारी कारण आफ्नो राजनीतिक यात्रामा केही विराम लागेको जनाउँदै उहाँले आगामी दिनमा मुलुकमा रहेको बेथितीका विरुद्ध आवाज उठाउने बताउनुभयो ।