२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाद्वारा आयोजित पृथ्वीजयन्ती समारोहमा प्रधानमन्त्री कार्की सहभागी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको ३०४ औ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी हुनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित सो समारोहमा प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्वागत गर्नुभएको हो । समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेताहरु, राप्रपाका नेता, कार्यकर्ताहरु सहभागी भएका छन् ।

राप्रपाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानको उच्च कदर गर्दै हरेक वर्ष पौष २७ गते उहाँको जन्मदिनको अवसर पारेर विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सो पार्टीले मुलुकलाई सही बाटोमा अघि बढाउन राजसंस्थाको आवश्यक्ता रहेको जिकिर गर्दै आएको छ ।