२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई पटक भन्दा बढि प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा नै गर्नुपर्ने प्रश्ताव गर्नुभएको छ ।

पार्टीको विशेष अधिवेशनको बन्दसत्रमा सांगठानिक प्रतिवेदन पेश गर्दै उहाँले देश र पार्टी दुवै असफल हुने भएकाले एउटै व्यक्तिलाई २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने गरी आफूले सो प्रश्ताव गर्नु परेको बताउनु भयो । महामन्त्री शर्माले मुलुकको अस्थिरताबाट स्थिरतामा लैजाने कुरामा पनि नेपाली काँग्रेसले अग्रसरता, पहलकदमी लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘चुनाव हुने, नयाँ सरकार बन्ने तर प्रधानमन्त्री पुरानै हुने डेढ दशकयता हामीेले निरन्तर यो अभ्यास गर्दै आयौं । विगतको गल्ती सच्याउँदै यो विशेष महाधिवेशन उदघोष गर्दछ–नेपाली काँग्रेसको तर्फबाट भविष्यमा कोही पनि २ पटक भन्दा बढि प्रधानमन्त्री बन्ने छैनन । २ पटक मात्रै प्रधानमन्त्री बन्ने यो नीतिलाई नेपालको संविधानमा लिपिवद्ध गर्न नेपाली काँग्रेसले अग्रसरता लिनेछ । देशलाई स्थिरतातर्फ लैजान नीति गत पहल गर्दछौँ ।’

महामन्त्री शर्माले समन्यायिक विकासको अवधारणा अन्तर्गत सबै निर्वाचन क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने समेत बताउनु भयो । प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्रमा बढी बजेट विनियोजन हुने गरेकाले अब समन्यायिक विकासको अवधारणाअनुसार बजेट विनियोजन गर्न आवश्यक रहेको उहाँको भनाई थियो ।