२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको बन्दसूचीबाट नाम फिर्ता लिन रञ्जु दर्शनाले दिइन् निवेदन



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शनाले समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएकी छन्। रञ्जुको निवेदन लिएर पार्टीका एक प्रतिनिधि निर्वाचन आयोग पुगेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले रञ्जुलाई खस–आर्य महिला कोटातर्फ बन्दसूचीको १०औँ स्थानमा राखेको थियो। पार्टीको प्राइमरी निर्वाचनमा महिलातर्फ सर्वाधिक मत ल्याएकी रञ्जुलाई प्राथमिकता क्रममा तल राखिएपछि पार्टीभित्र र बाहिर विरोधसमेत भएको थियो।

पार्टीले हिजो समानुपातिक बन्दसूचीमा व्यापक संशोधन गरे पनि रञ्जुलाई अगाडि नल्याएपछि उनले बन्दसूचीबाट हट्ने निर्णय लिएको बताइएको छ। यद्यपि, उनको निवेदन हालसम्म औपचारिक रूपमा दर्ता भइसकेको छैन।

निर्वाचन आयोग स्रोतका अनुसार निवेदन दर्ता भएपछि मात्र प्रक्रिया अघि बढ्नेछ।