२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको राजीनामामा सहमति नजुट्दा कांग्रेसको त्रिपक्षीय वार्ता स्थगित



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधानका लागि बसेको त्रिपक्षीय वार्ता सभापति शेरबहादुर देउवा को राजीनामाको विषयमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ।

छलफलमा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशन पक्षधरहरूले देउवाले राजीनामा दिने वा सक्रिय राजनीति छोडेको घोषणा गर्नुपर्ने माग अघि सारेका थिए। तर उक्त मागमा सहमति नजुट्दा बैठक रोकिएको हो।

‘अन्य विषयहरूमा खासै समस्या रहेन,’ ती नेताले भने, ‘तर नेतृत्वले राजीनामा दिने वा राजनीति छोड्ने भन्ने विषयमा कुरा मिलेन। यसबारे थप संवाद आवश्यक भएकाले करिब एक घण्टाका लागि बैठक स्थगित गरिएको हो।’

वार्तामा सहभागी नेताहरूले देउवाको राजीनामा वा राजनीतिक निष्क्रियताबारे निर्णय आफैंले गर्न नसकिने निष्कर्ष निकाल्दै शीर्ष नेतासँग थप छलफल गर्ने निर्णय गरेका छन्। अब उक्त विषयमा शीर्ष नेतृत्वसँग परामर्श गरी पुनः वार्ता अघि बढाइने बताइएको छ।

वार्तामा विशेष महाधिवेशन पक्ष (गगन–विश्व समूह) बाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी थिए।

सभापति देउवाको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक सहभागी भएका थिए भने शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार वार्तामा सहभागी थिए।