२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन–विश्वलाई काँग्रेसको चेतावनीः भोलिसम्म समझदारी भए ठिकै छ, नत्र अरु निर्णय लिनुपर्छ



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पार्टीको निर्णयविरुद्धमा नजान चेतावनी दिएको छ ।

मंगलवार पार्टी एकीकृत बनाएर लैजानेबारेमा विभिन्न चरणमा छलफल भएको बताउँदै बुधवार बिहानसम्म सहमतिका साथ अघि बढ्न आग्रह गरेको हो । यदी महामन्त्रीद्वयले पार्टीको केन्द्रिय समितिले गरेको बैठकको निर्णय नमाने अन्य निर्णय लिनुपर्ने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले चेतावनी दिनुभयो । वार्ता र संवादबाट नै सहमति खोज्नका लागि संस्थापन पक्षले अधिक लचकता देखाइरहेको उल्लेख गर्नुहुँदै उहाँले सम्पूर्ण पार्टी पंक्ति एक भएर निर्वाचनमा जानुपर्ने बताउनु भयो ।

अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने बेला नभएको बताउनु भयो । अझै आफूहरु सकारात्मक नतिजा निस्किनेमा आशावादी रहेको बताउनु भयो । समग्र पार्टीलाई जोडेर आम निार्वचनमा जाने र राम्रो परिणाम हाँसिल गरेपछि नियमित अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वार्ता र संवाद नेतृत्व तहबाट भइ नै रहेको छ । आज छलफल गर्दै गर्दा पनि हाम्रो कोशिस छलफल गरेर सम्पूर्ण पार्टी पंक्ति एक भएर जानुपर्छ । त्यसपछि अधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्ने भन्नेमा स्पष्ट छौँ । एकातिर विशेष अधिवेशन भनेर गरिरहँदा हाम्रो नेतृत्वले अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने होइन,अहिले एक हुने बेला हो । त्यही किसिमबाट सम्पूर्ण पार्टीको तलदेखि माथिसम्मको कमिटीलाई आह्वान गरिएको हो । अझै पनि सकारात्मक नतिजा निस्किन्छ की भन्नेमा छौँ । पार्टी नेतृत्व समग्र पार्टीलाई जोडेर हामी आम निर्वाचनमा जाऔँ । सबै एकजुट भएपछि पार्टीको पक्षमा राम्रो परिणाम आउँछ । त्यसपछि पार्टीको नियमित अधिवेशनबाट नयाँ नेतृत्व आउँछ । अब विग्रहको बाटोमा जानुहुन्न । स्वभाविक, मजुबत गर्ने विषयलाई पार्टी केन्द्रिय समितिले समावेश गरेर अघि बढ्नसक्छ । राति बेलुकासम्म पनि समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भन्ने नेतृत्वको लचकता रहेको छ ।’

केन्द्रिय कार्य समितिको बैठक बुधवार बिहान पुनः बस्नेछ ।