२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माघ ४ गते मेयर पदबाट राजीनामा दिने बालेन शाहको तयारी



अ+ अ-

काठमाडौँ । बालेन शाहले आगामी माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने तयारी गरेका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका शाहले त्यसअघि पद त्याग्न लागेका हुन्।

निर्वाचन आयोगका अनुसार माघ ६ गते प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने दिन तोकिएको छ। सो मितिभन्दा अघि नै मेयर पदबाट राजीनामा दिने तयारी गरिएको शाह निकट स्रोतले जनाएको छ।

स्रोतका अनुसार शाहले माघ ४ गते औपचारिक रूपमा मेयर पदबाट राजीनामा दिनेछन्। त्यसपछि उनी भोलिपल्ट रास्वपाको केन्द्रीय कार्यालय घण्टीघर पुग्ने कार्यतालिका रहेको बताइएको छ।

त्यसपछि शाह मधेश प्रदेशतर्फ जाने र मधेशसहित देशका विभिन्न स्थानमा राजनीतिक सक्रियता बढाउने तयारीमा रहेको उनी निकटस्थहरूले बताएका छन्।

मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहकार्य गर्दै अघि बढ्ने र आफू प्रधानमन्त्रीको रूपमा निर्वाचनमा जाने सहमति भइसकेको बताइएको छ।