२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका तीन पदाधिकारीमाथि कारबाहीपछि भृकुटीमण्डपमा तनाव



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले तीन पदाधिकारीमाथि कारबाहीको घोषणा गरेसँगै पार्टी औपचारिक रूपमा विभाजनको डिलमा पुगेको हो।

विशेष महाधिवेशन पक्षधरले नयाँ नेतृत्व चयनको अन्तिम तयारी गरिरहेका बेला संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाहीको घोषणा गरेको हो।

यस निर्णयसँगै विशेष महाधिवेशन स्थलमा तीव्र आक्रोश देखिएको छ। विशेष महाधिवेशन पक्षधर नेता तथा कार्यकर्ताहरूले सभापति शेरबहादुर देउवाको विरोधमा चर्को नाराबाजी गरिरहेका छन्।

अहिले भृकुटीमण्डप क्षेत्रमा नेता–कार्यकर्ताहरूको चहलपहल उल्लेख्य रूपमा बढेको छ। कांग्रेसको निर्णयअघि भृकुटीमण्डपमा खासै उपस्थिति नदेखिए पनि निर्णय सार्वजनिक भएपछि भने ठूलो संख्यामा नेता–कार्यकर्ता त्यहाँ भेला हुन थालेका छन्।