२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपासहितका नयाँ दललक्षित सुमन सायमीको टिप्पणीः पुराना भन्दा घातक हुन सक्छन्



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)का संयोजक सुमन सायमीले रास्वपालगायतका नयाँ दलहरुलाई भीडको संज्ञा दिनुभएको छ ।

बुधवार काठमाडौंमा एक कार्यक्रमका बीच नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएका उहाँले सो कुरा बताउनुभएको हो । नेता सायमीले क्षणिक स्टन्टबाजी, भीडले राम्रो गर्छ भन्ने आशा नगर्न पनि सबैलाई आग्रह गर्नुभयो । उहाँले इतिहासले नयाँहरु पुराना भन्दा पनि घातक हुन्छन् भन्ने चेतावनी दिएको उल्लेख गर्दै उनीहरुको भर पर्न नहुने बताउनु भयो । सायमीले आफूहरु विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितलाई ध्यानमा राखेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘क्षणिक स्टन्टबाजीमा नझुक्किनुहोला । नयाँ भन्दैमा पुराना भन्दा राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । इतिहासले हामीलाई बारम्बार चेतावनी दिएको छ । नयाँहरु पुराना भन्दा झनै धेरै खतरनाक हुन सक्छ । भीड सधैं सही हुँदैन । आकर्षक नाराले मुक्ति दिँदैन । हामी भावना, भीडले होइन, स्टन्टले होइन, विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितको आधारमा निर्णय गर्न यहाँ आएका हौँ ।’

नेता सायमीले जनताको मुक्ति आफूहरुको चाहना भएको र त्यो नेपाली कम्युनिष्ट पार्टीले मात्रै पुरा गर्न सक्ने दावी गर्नुभयो ।