२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगन थापाले भने – हामी सबैको हो कांग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनका सभापतिका दाबेदार गगनकुमार थापाले कांग्रेस कुनै एक समूहको नभई सबैको पार्टी भएको बताएका छन्।

आइतबारदेखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन टुंगिने चरणमा पुग्दा थापाले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्।

विशेष महाधिवेशनमा सहभागी नेता तथा अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको तस्बिर साझा गर्दै थापाले लेखेका छन्, “हामी सबैको हो कांग्रेस।”

भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेकै बेला पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले थापा, शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्ने निर्णय गरेको थियो।

यता विशेष महाधिवेशन पक्षधरहरूले भने उक्त निर्णयलाई अस्वीकार गर्दै थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनाएर अघि बढ्ने तयारी गरिरहेका छन्।