२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशनमा नाम भएकामध्ये ८८५ जना हताक्षरकर्ता फर्किनुभएको छः पूर्णबहादुर खड्का



अ+ अ-

काठमाडौँ । नियमित महाधिवेशन पक्षधर नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी रहने भनिएका ८ सय ८५ हस्ताक्षरकर्ताहरुले विशेष महाधिवेशनबाट बाहिरिएको जानकारीसहितको हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको बताउनुभएको छ ।

शुक्रवार निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुग्नुभएका कार्यवाहक सभापति खड्काले यस्तो बताउनुभएको हो । उहाँले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षरसहित विशेष महाधिवेशन गरेको भनिएको भएपनि ८ सय ८५ हस्ताक्षर कर्ताहरुले हस्ताक्षर फिर्ता लिएको बताउनु भयो । हस्ताक्षर फिर्ता लिएको प्रमाण पार्टी कार्यालयमा मुख्यसचिवलाई कार्यवाहक सभापतिलाई सम्बोधन गरेर बुझाउनुभएको बताउनु भयो । विशेष महाधिवेशन भेला भन्दा पहिला र पछिको हस्ताक्षर आफूहरुसँग रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘हस्ताक्षर कर्ता, सहभागी कर्ता भन्नेखालको कुरा आएको छ । ति हस्ताक्षरकर्ता सहभागी मध्ये ८ सय ८५ जनाले त्यसबाट अलग रहेको, फिर्ता लिएको आफ्नो हस्ताक्षरसहित केन्द्रिय कार्यालयमा कार्यवाहक सभापतिलाई सम्बोधन गरेर पठाउनुभएको छ । मुख्यसचिचवले भेला भन्दा पहिलाको पनि र पछिको पनि हस्ताक्षर छ ।’

गगन थापा नेतृत्वको नेपाली काँग्रेसले विशेष महाधिवेशनबाट केन्द्रिय कार्यसमिति चयन गरिसकेको छ ।