२७ जेष्ठ २०८३, बुधबार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत



अ+ अ-

म्याग्दी। म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

आज यहाँ बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा कृषि विकास कार्यालय र म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गत महिला उद्यम विकास समितिले आयोजना गरेको कृषि मेला प्रदर्शनीमा पहिलो, दोस्रो, तेस्रो र सान्तवना हुने किसानलाई पुरस्कृत गरिएको हो ।

काउली, अन्य तरकारी, फलफूल, जरे÷गानो र विविध समूहमा कृषकले उत्पादन गरेका उपजको मूल्याङ्कन गरी पुरस्कृत गरिएको कृषि विकास कार्यालयका प्रमुख सञ्जिव बाँस्तोलाले जानकारी दिनुभयो । “व्यावसायिक कृषकलाई प्रतिस्पर्धी बनाउनका लागि प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “५० जनाभन्दा बढी कृषकले आफूले उत्पादन गरेका उपज प्रदर्शनीमा ल्याएका थिए ।”

पुरस्कृत भएकाहरूलाई कार्यालय प्रमुख बाँस्तोला, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठ, महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो ।

काउलीबालीमा बेनपा–१ का तेजबहादुर बरुवाल प्रथम, मङ्गला–२ का हरिकृष्ण अधिकारी दोस्रो, बेनपा–२ का नारायणबहादुर कार्की तृतीय र बेनपा–१ का रुद्रबहादुर थापा सान्त्वना हुनुभएको छ । अन्य तरकारीमा बेनपा–२ का चन्द्रबहादुर कार्की प्रथम, रघुगङ्गा–३ का जीतबहादुर खत्री दोस्रो, बेनपा–६ का श्रीलाल रिजाल तृतीय र अन्नपूर्ण–६ का राम बरुवाल सान्त्वना भएका कृषि विकास कार्यालयका प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

फलफूलबालीतर्फ रघुगङ्गा–१ का वीरबहादुर तिलिजा प्रथम, मङ्गला–२ का श्रीकृष्ण पौडेल दोस्रो, अन्नपूर्ण–३ का दुर्गादत्त सुवेदी तेस्रो र बेनपा–१ का ईश्वर केसी सान्त्वना हुनुभएको छ । जरे÷गानोबाली समूहमा रघुगङ्गा–१ का ढकबहादुर पुन प्रथम, रघुगङ्गा–८ का विमला शेरपुञ्जा मगर दोस्रो, मङ्गला–२ का छमलाल पौडेल तेस्रो र बेनपा–५ का आदर्श कृषि फर्म सान्त्वना भएका छन् ।

विविधतर्फ बेनपा–९ का भीमबहादुर सुवेदी प्रथम, धौलागिरि–७ का ओमबहादुर थापा दोस्रो, बेनपा–४ का डिल केसी तेस्रो र बेनपा–७ का साधनाकुमारी श्रेष्ठ सान्त्वना हुनुभएको छ । रासस