२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा लड्न राष्ट्रियसभाबाट ३ जनाले दिए राजीनामा



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारीमा रहेका तीन जना राष्ट्रियसभा सदस्यले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपाने रहेका छन् ।

उनीहरूले राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष लिखित राजीनामा बुझाएका हुन् । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिन कानुनी व्यवस्था अनुसार उनीहरूले राष्ट्रियसभा सदस्यको पद त्यागेका हुन् ।

नेकपाका नेता नारायणकाजी श्रेष्ठ सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने तयारीमा छन् । यस्तै वामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा उत्रँदै छन् भने एमालेकी राष्ट्रियसभा सदस्य भगवती न्यौपाने तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिँदै छन् ।