२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाको बैठकमा बालेन सहभागी हुँदै, आजै जनकपुर जाने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह आज बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी हुने भएका छन् ।

सो पार्टीका वरिष्ठ नेता साह आज पहिलोपटक पार्टी कार्यालयमा प्रवेश गर्दैछन् र केही बेरमा सुरु हुन लागेको बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सो पार्टीको नेताका रुपमा उनले गत पुस १३ गते एक सम्झौतामा हस्ताक्षर गरेका थिए । सो सम्झौतासँगै बालेन रास्वपामा प्रवेश गरेका थिए ।

उनलाई दोस्रो वरीयतामा रहनेगरी पार्टीको वरिष्ठ नेता तोकिएको छ । तर, पनि अहिलेसम्म उनी पार्टीका काममा भने सहभागी छैनन् । काठमाडौं महानगरप्रमुखको जिम्मवारीमा रहेका कारण बालेन पार्टीका गतिविधिहरुमा सहभागी नभएका हुन् ।

यसैबीच आजै साँझ ५ बजे चुनावी अभियानको सुरुवात गर्न जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ । रास्वपा सभापति रवि लामिछाने र बालेनसहितको टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।