२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसहितको बैठक आह्वान



फाइल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाउनुभएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आइतबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्ने विषयमा सरोकारवाला निकायबीच विचार–विमर्श गर्ने उद्देश्यले बैठक आयोजना गर्न लागिएको जनाइएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ता मंगलबारका लागि तय गरिएको छ।

तर राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापन गर्न समय अपुग भएको भन्दै मनोनयन मिति केही दिन सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेका छन्।

यस सन्दर्भमा सरकारको तयारी, आचारसंहिता कार्यान्वयन र निर्वाचन व्यवस्थापनका विषयमा बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।