२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गा प्रसाईँविरुद्ध कारबाही गर्न निर्वाचन आयोगद्वारा साइबर ब्युरोलाई पत्र



फाइल फोटो
अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई कारबाहीका लागि निर्वाचन आयोगले साइबर ब्युरोलाई पत्राचार गरेको छ।

प्रसाईँले आइतबार भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा गगन थापा पक्षले ५२ करोड रुपैयाँ दिएर निर्वाचन आयोगबाट मान्यता पाएको आरोप लगाएका थिए।

उक्त अभिव्यक्तिले भ्रम फैलाएको ठहर गर्दै आयोगको आइतबार बसेको बैठकले उनीविरुद्ध आवश्यक कानूनी कारबाहीका लागि साइबर ब्युरोलाई पत्र पठाउने निर्णय गरेको हो।

आयोगका एक उच्च स्रोतका अनुसार दुर्गा प्रसाईँले शनिबार पत्रकार सम्मेलनमार्फत विभिन्न व्यक्तिहरूमाथि निराधार आरोप लगाएको विषय आयोगको ध्यानाकर्षणमा आएको थियो। ‘निर्वाचनको संवेदनशील समयमा सार्वजनिक रूपमा यस्ता आधारहीन आरोप लगाउनु निर्वाचन आचारसंहिताविपरीत हुने भएकाले साइबर कानुनअनुसार आवश्यक कारबाहीका लागि निर्णय गरिएको हो,’ स्रोतले भन्यो।

निर्वाचन आयोगले निर्वाचन प्रक्रिया र संस्थामाथि अविश्वास फैलाउने खालका अभिव्यक्तिप्रति कडाइका साथ कारबाही गरिने स्पष्ट पारेको छ।