२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई रुपन्देही–२ बाट प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।

यसअघि शनिबार राति सम्पन्न सचिवालय बैठकले रुपन्देही–२ खाली राखी पौडेललाई पाल्पा–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर पार्टी केन्द्रले उक्त निर्णय संशोधन गर्दै उनलाई रुपन्देही–२ मै उम्मेदवार बनाउने निर्णय गरेको हो।

यसैबीच, आज बसेको रुपन्देही–२ क्षेत्रीय कमिटीको विशेष बैठकले जसरी पनि विष्णु पौडेललाई उक्त क्षेत्रबाट उम्मेदवार बनाउने र जिताउने सम्पूर्ण जिम्मेवारी आफूहरूले लिने निर्णय गरेको जनाएको छ।

बिष्णु पौडेल रुपन्देही–२ बाट चुनाव लड्न निश्चित भएपछि रुपन्देहीका पाँचै क्षेत्रका उम्मेदवार निश्चित भएको छ। रुपन्देही–१ दधिराम न्यौपाने, रुपन्देही–२ विष्णुप्रसाद पाडैल, रुपन्देही–३ बाट बासुदेव घिमिरे, रुपन्देही–४ बाट सुनिता थथेर र रुपन्देही–५ बाट खिमलाल भट्टराई उम्मेदवार टुंगिएको हो।