२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर क्षेत्र नं. २ बाट आजपाको महिला नेतृ देवकुमारी साह उम्मेदवार



अ+ अ-

काठमाडौं। आम जनता पार्टी (आजपा) ले भक्तपुर निर्वाचन क्षेत्र नं. २ बाट देवकुमारी साहलाई उम्मेदवार बनाएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा साहलाई आजपाले उम्मेदवार बनाउने निर्णय गरेको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट निवासी आजपा सचिवालय सदस्य साह लामो समयदेखी समाजसेवामा सक्रिय महिला हुन् । लामो समय देखी भक्तपुरको बालकोटमा बस्दै आएकी साहले स्थानीय स्तरमा एक चर्चित अनुहार हुन् ।

आम महिला मोर्चाको बागमती प्रदेश इन्चार्ज समेत रहेकी साहले विगत लामो समयदेखी महिला अधिकारको आन्दोलनमा सक्रिय रहेकी छन । पार्टीले आफूलाई भक्तपुर क्षेत्र नं. २ बाट उम्मेदवार बनाएकोमा खुशी व्यक्त गर्दै नेतृ साहले आफुलाई आम मतदाताले मतदान गरेर बिजयी बनाउने विश्वास व्यक्त गरेकी छन् ।

भक्तपुरको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएकी साहलाई स्थानीयले मतदान गरेर बिजयी बनाउने विश्वास पार्टीले गरेको आजपा सचिवालय सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।

पार्टीले उनलाई उम्मेदवारको टुंगो लगाए पछि उनी अहिलेदेखी नै आम जनतासंग भेटघाटमा सक्रिय भएकी छन् । आजपाले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।