२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको आन्तरिक विवाद समाधानतर्फ, सहमतिका लागि देउवा तयार



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद समाधान गर्ने दिशामा पूर्व सभापति शेरबहादुर देउवा तयार भएका छन्। पछिल्ला केही दिनदेखि दोस्रो तहका नेताहरूले गरिरहेको पहल सहमतिको नजिक पुगेको एक नेताले बताएका छन्।

विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूसँग देउवा पक्षका बालकृष्ण खाण र रमेश लेखक तथा शेखर कोइराला पक्षबाट मिनेन्द्र रिजालले विवाद समाधानका लागि पहल गर्दै आएका थिए। संवादका क्रममा आगामी निर्वाचनमा सहमतिका साथ अघि बढ्न गगन थापा, देउवा र कोइराला पक्ष समेत सकारात्मक भएपछि सहमतिको खाका तयार गर्ने चरणमा नेताहरू पुगेका छन्।

सहमतिको खाका बनाउन कांग्रेस प्रवक्ता देवराज चालिसे र मधु आचार्य, देउवा पक्षका रमेश लेखक तथा कोइराला पक्षका मिनेन्द्र रिजाल महाराजगञ्जमा छलफलमा छन्। सबै पक्षबीच सहमतिमा जाने समझदारी बनेपछि औपचारिक खाका तयार गर्न वार्ता भइरहेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए।

यसैबीच, नेता शेखर कोइरालाले हिजो आफ्नो समूहका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका थिए। निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी उपचारमा जानु स्वाभाविक भए पनि सडक संघर्षमा जान नहुने अडान कोइरालाले लिएपछि देउवा पक्षका नेताहरू प्रतिरक्षात्मक बनेका थिए।

नवनिर्वाचित सभापति गगन थापा र उनको टिमले पनि देउवा निकटका नेताहरूसँग निरन्तर छलफल गर्दै आएका छन्। सहमतिका लागि आइतबार निर्वाचन आयोगको निर्णयविरुद्ध पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट फिर्ता लिने, टिकट वितरणमा भागबण्डा नगर्ने तर यसअघि जितेका, जित्ने सम्भावना भएका र जनप्रिय नेताहरूलाई टिकट दिने विषयमा सहमतिको प्रयास भइरहेको छ।

पूर्व सभापति देउवा भने अझै अन्तिमपटक निर्वाचन लड्ने आकांक्षामा रहेको बताइएको छ। देउवा आफैंले नचाहेमा बाहेक उनलाई टिकट दिने विषयमा पनि प्रारम्भिक समझदारी बनिसकेको बताइन्छ।