२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोप लगाउन सरकारको आग्रह



अ+ अ-

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन उपत्यका सबैलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै कोरोना भाइरसको जोखिम कम गर्न उपत्यकाका सबैलाई खोप लगाउन आग्रह गरेको हो ।

मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका सबैलाई सूचना जारी गर्दै भेरोसेल, कोभिशिल्ड र एस्ट्राजेनिका खोप लगाउन आग्रह गरेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । काठमाडौँ र ललितपुरमा बिहान १० देखि ३ बजेसम्म र भक्तपुर बिहान १० देखि १ बजेसम्म खोप लगाउन आग्रह गरिएको छ । काठमाडौँ र ललितपुरमा ११÷११ खोप केन्द्र र भक्तपुर दुई खोप केन्द्रमा १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाउन भनिएको छ ।

काठमाडौँमा सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शहीद मेमोरियल अस्पताल कलङ्की, लोत्से भवन नयाँ बसपार्क, वीरअस्पताल, बयोधा अस्पताल, निजामति कर्मचारी अस्पताल र एपेक्स पोलिक्लिनिक कोटेश्वरमा खोप लगाइदै छ ।

यस्तै भक्तपुरमा नेपाल कोरियामैत्री अस्पताल ठिमी र खोपः अस्पताल च्यामसिंह तथा ललितपुरमा पाटन अस्पताल, छवा–बहाल जनस्वास्थ्य शाखा र सैबु स्वास्थ्यचौकी, बज्रवराही चापागाउँ अस्पताल, बाडेगाउँ प्राथमिक स्वास्थ्यचौकी, लेले स्वास्थ्य प्राथमिक केन्द्र, लुभू प्राथमिक स्वास्थ्य केन्द्र, इमोडोल स्वास्थ्यचौकी, भट्टेडाँडा स्वास्थ्यचौकी, चौघरे स्वास्थ्यचौकी र गोटीखेल स्वास्थ्यचौकीमा पनि खोप लगाइँदै छ । सरकारले नियमितरूपमा कोरोना भाइरसविरुद्धको खोप लगाउँदै आएको छ । रासस




भर्खरै