२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजीनामा दिँदै सञ्चारमन्त्री खरेल, रास्वपाबाट चुनाव लड्ने



अ+ अ-

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी निर्वाचनमा सहभागी हुने निश्चित भएपछि उनले राजीनामा दिन लागेका हुन् ।

मन्त्री खरेलले राजीनामा बुझाउनका लागि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएको स्रोतले जनाएको छ ।

निर्वाचन आचारसंहिता र चुनावी प्रतिस्पर्धामा सहभागी हुने तयारीस्वरूप उनले मन्त्री पदबाट अलग हुने निर्णय गरेका हुन् ।

स्रोतका अनुसार रास्वपाले खरेललाई ललितपुर–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको छ । यससँगै उनी सक्रिय चुनावी मैदानमा होमिन लागेका छन् ।