२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेमाथिको अभियोग संशोधनविरुद्धको मुद्दा न्यायाधीश मुसलमानको इजलासमा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि लगाइएको अभियोग संशोधनविरुद्ध दायर मुद्दा सर्वोच्च अदालतमा पेश हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश अब्दुर अजीज मुसलमानको एकल इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो। मुद्दा मुसलमानको इजलासको ‘ग’ नम्बरमा राखिएको छ।

लामिछानेमाथि लगाइएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी कसुरको मुद्दा यसअघि महान्यायाधीवक्ता कार्यालयले संशोधन गरेको थियो। सो संशोधनविरुद्ध लामिछाने पक्षबाट सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको हो।

केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको थियो। रास्वपाले ती मुद्दाहरूलाई राजनीतिक प्रतिशोधका रूपमा लिँदै आएको छ।

हाल महान्यायाधीवक्ता कार्यालयले सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित अन्य प्रतिवादीमाथि दायर गरिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्दै फिर्ता लिएको छ।

 




भर्खरै