२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सभापति लामिछानेद्वारा वारेसमार्फत उम्मेदवारी दर्ता



अ+ अ-

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वारेसनामार्फत प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

जिल्ला अदालत पर्सामा चलिरहेको मुद्दाका कारण आफैँ उपस्थित हुन नसकेपछि लामिछानेले पार्टीको भरतपुर महानगर संयोजक सीता ज्ञवालीमार्फत चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

लामिछानेको प्रस्तावक बिक्रम श्रेष्ठ र समर्थक रामजी ठकुरी रहेका छन्।

चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराइरहेका छन्।

रवि लामिछानेले सामाजिक संञ्जालमा लेखेका छन्

देश निर्वाचनमय छ । देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ । तर बिडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन । किनकी आजै देशका तीनवटा ९पर्सा, काठमाण्डौ र रूपन्देही० अदालतमा मेरो मुद्दाको सुनुवाई चलिरहेको छ । अरू अदालतको आदेश आउदै होला । पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु । चितवन(२ मा मेरा शुभचिन्तक बाटो कुरीरहेका छन्, भ्याएसम्म मनोनयनका लागि आफै उपस्थित हुने प्रयासमा छु। नसकेको खण्डमा वारेस मार्फत मनोनयन दर्ता हुनेछ।

म माथी गरेको पाप र अत्याचारको हिसाव किताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिनेछन् ।देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर म माथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ । नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू । सहकारीको बाटै नहिडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दै मुद्दा लगाउने अत्याचारी हौ तिमीहरू । मलाई जिउँदो छोडेर तिमीहरुले एउटा गुण लगाएका छौँ। म तिमीहरू सबैको गुण तिर्छु, चाँडै तिर्छु,बिना प्रतिशोध तिर्छु।

फेरि पनि भन्छु म अभिमन्यु होइन।