२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीको उम्मेदवारी खारेज



अ+ अ-

काठमाडौँ । कैलाली–१ बाट उम्मेदवार रहेका नाउपा नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज गरिएको छ। निर्वाचन अधिकृतको कार्यालयले उनीविरुद्ध दर्ता भएको उजुरीको छानबिन गरेपछि यो निर्णय गरेको हो।

निर्वाचन अधिकृत देवराज भारतीले आदेशमा उल्लेख गरेअनुसार, जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिबाट माफी दिइएको भए पनि, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) अनुसार माफीले अदालतको फैसला बदर हुँदैन। साथै, निर्वाचन आयोगको मिति २०८०।११।२४ को निर्णय अनुसार रेशम चौधरी राजनीतिक दलको सदस्य बन्न पनि अयोग्य छन्।

चौधरीविरुद्ध २०७२ भदौ ७ को टीकापुर हत्याकाण्डको मुख्य योजनाकारको रूपमा मुद्दा दर्ता गरिएको थियो। कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ मा उनलाई दोषी ठहर गरेको थियो।

कैद भुक्तानीका लागि उनी डिल्लीबजार कारागारमा राखिएका थिए। सरकारले १५ वर्ष कैद माफी गर्ने सिफारिस गरेपछि राष्ट्रपतिले आममाफी दिएर उनलाई रिहा गरेका थिए। गणतन्त्र दिवसको अवसरमा, २०८० जेठ १५ गते चौधरी रिहा भएका थिए। उनी संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार रिहा भएका हुन्।