२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न विश्वप्रकाशको प्रस्ताव



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापालाई आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव पेश गरिएको छ।

उक्त प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपा में बसेको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका हुन्। शर्माले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार किन बनाउने भन्ने विषयमा विभिन्न आधार र बुँदाहरू प्रस्तुत गर्दै प्रस्ताव अघि सारेका थिए।

उनले मुलुकको वर्तमान विशिष्ट परिस्थितिलाई सही ढंगले सम्बोधन गर्न गगन थापा उपयुक्त उम्मेदवार भएको तर्क बैठकमा राखेका छन्। पार्टीभित्र स्पष्ट नेतृत्व र जनअपेक्षाअनुसारको निर्णय आवश्यक रहेको भन्दै उनले केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई प्रस्ताव पारित गर्न आग्रह गरे।

‘केन्द्रीय कार्यसमितिका सबै आदरणीय साथीहरूलाई सभापति श्री गगन थापालाई आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने प्रस्ताव पारित गरिदिनुहुन अनुरोध गर्दछु,’ शर्माले प्रस्ताव प्रस्तुत गर्दै बैठकमा भने।

उक्त प्रस्तावमाथि केन्द्रीय कार्यसमितिमा छलफल जारी रहेको छ।