२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भावी प्रधानमन्त्रीको उम्मेदवार गगन थापालाई बनाउने कांग्रेसको निर्णय



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ।

आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले थापालाई आगामी दिनका लागि प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए।

उनका अनुसार मुलुकमा देखिएको जेन–जी विद्रोह र परिवर्तनको मागलाई सम्बोधन गर्न आवश्यक योग्यता, क्षमता र स्पष्ट भिजनका आधारमा थापालाई अघि सारिएको हो।

शर्माले कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार अन्य दलहरूले प्रस्ताव गरेका उम्मेदवारभन्दा योग्य र सक्षम रहेको दाबी गरे।

उनले वर्तमान राजनीतिक परिस्थितिमा देशलाई स्थिरता, सुशासन र समावेशी विकासतर्फ लैजान थापाको नेतृत्व उपयुक्त हुने बताए।