२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामकुमार झाँक्री राष्ट्रियसभा सदस्यमा निर्वाचित



अ+ अ-

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमार झाँक्री निर्वाचित भएकी छन्। महिला समूहअन्तर्गत नेकपा (एमाले)की उम्मेदवार झाँक्रीले ६ हजार ३०३ मतभार प्राप्त गर्दै विजयी भएकी हुन्।

झाँक्रीका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुर्गा कुमारी भण्डारीले १ हजार ३६२ मतभार प्राप्त गरेकी थिइन्। यसैगरी राष्ट्रिय जनमोर्चाकी उम्मेदवार पद्मा पण्डित पनि महिला समूहबाट चुनावी प्रतिस्पर्धामा थिइन्।

निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ महिला ३० र पुरुष ४८ गरी कुल ८३ मत खसेको थियो। त्यसैगरी स्थानीय तहअन्तर्गत २१७ मतदातामध्ये ९ जना मतदाता अनुपस्थित रहेका थिए।

निर्वाचनको अन्तिम मतपरिणाम अनुसार झाँक्रीले स्पष्ट मतभारका साथ राष्ट्रियसभा सदस्यमा विजय हासिल गरेकी हुन्।