२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी



अ+ अ-

काठमाडौं । सुनसरी–१ का उम्मेदवार तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

चुनावी प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग गरेको आरोप लगाउँदै उजुरी दर्ता गरिएको हो।

धरान नगर बाल सञ्जालले साम्पाङविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरी र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको हो।

उजुरीमा बालबालिका ऐन, २०७५ को परिच्छेद २, दफा ७ को उपदफा ९ अनुसार बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने व्यवस्था रहेको उल्लेख गरिएको छ। तर उम्मेदवार साम्पाङले उक्त कानुनी प्रावधान उल्लंघन गरेको आरोप सञ्जालले लगाएको छ।

धरान नगर बाल सञ्जालले साम्पाङलाई निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित गराई यस विषयमा छलफल गर्न तथा आचारसंहिता उल्लंघन गरेबापत आवश्यक कारबाही गर्न माग गरेको छ।

बालबालिकाको प्रयोग गरेको आरोप प्रमाणित भएमा कानुनअनुसार एक लाख रुपैयाँसम्म जरिवाना र उम्मेदवारी दर्ता खारेजसमेत हुन सक्ने व्यवस्था रहेको छ।