२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनलक्षित काँग्रेस सांसद भट्टको टिप्पणीः देश जलाउनेहरुबाट कुनैपनि खालको अपेक्षा गर्न सकिँदैन



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।

बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले साहले भदौ २४ गते देशलाई खरानी बनाउने कामको नेतृत्व साहले गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले प्रधानमन्त्री भएर मुलुकको मुहार फर्छ भन्ने कुनै ग्यारेन्टी नभएको बताउनु भयो ।

सांसद भट्टले साहले काठमाडौं महानगरपालिकाको जिम्मेवारी पूरा नगरेकोमा पनि आपत्ति जनाउनु भयो । एउटा जिम्मेवारी पूरा नहुँदै अर्को जिम्मेवारी जाने, पत्रकारको नाममा मन्त्री बन्ने अनि सांसद बन्ने खोज्नेहरुले संविधान बनाउने, देश र जनताका लागि रगत, पसिना बगाउने नेताहरुलाई पुराना भनेर अर्ति उपदेश दिने काम कुनै पनि हालत जायज नभएको उहाँले जिकिर गर्नुभयो ।

सांसद भट्टले उहाँले भन्नुभयो, ‘देशलाई खरानी बनाउनेहरुले देशको मुहार फेर्छ भन्ने के ग्यारेन्टी छ ? आफ्नो एउटा जिम्मेवारी छोडेर अर्को जिम्मेवारीमा जाने । आफू एउटा मिडिया हाउसको सबभन्दा ठूलो पत्रकार भनेर उभ्याएर मन्त्री खाने अनि माननीय हुन जाने बाँकि तपाई हामी जस्ता विचारले बाँधिएका, विचारले जनताका लागि, देशका लागि रातदिन खटिने मानिसहरु बदनाम हुँदै जाने । पुरानाका नाममा म उहाँहरुलाई भन्न चाहन्छु–बुबाआमा पनि पुराना भए होलान । बुबाले कमाएको सम्पती पनि पुरानो भयो होला । त्यो सम्पत्ति पुरानो भयो होला । त्यो सबे फाल्नुस । र, आफूले कमाएर आफैँ आफ्नो खुट्टामा उभिएर देखाउनुस । अर्कोले बनाएको संविधान, अर्काले रगत बनाएको संविधानमा उभिएर आज तपाई जसलाई अर्ति उपदेश दिँदै हुनुहुन्छ । अनुरोध गर्न चाहन्छु–सुध्रिनुहोस । यो राष्ट्र र राष्ट्रियता कसैको बाउको वपौती होइन ।’ 

सांसद भट्टले सामाजिक सञ्जालमा स्टन्टबाज गर्नेबाट पनि देशलाई जोगाउनुपर्ने अवस्था आएको बताउनु भयो ।