२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधिः विश्वप्रकाश शर्मा



फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताउनुभएको छ ।

काठमाडौंमा बिहीवार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले अहिले प्रधानमन्त्रीका उम्मेदवारहरु कोही भदौ २३ र कोही भदौ २४ का रहेको भन्दै काँग्रेसको उम्मेदवार माघ १ को रहेको जिकिर गर्नुभयो । उहाँले सबै कुराको आत्मालोचना गरेर काँग्रेस अघि बढेको र आफूलाई बदलेर परिवर्तनका लागि अग्रसर भएको बताउनु भयो । उपसभापति शर्माले सद्भाव, सुशासन र समन्नुत अहिलेको मुख्य मुद्दा भएको बताउनु भयो । उहाँले अहिले नेपाली समाजलाई सबैभन्दा बढी चाहिएको कुरा सद्भाव भएको बताउनु भयो । उहाँले निर्वाचनमा हारजित कुनै नौलो कुरा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कसैले भदौ २३ को कुरा गर्छन्, कसैले भदौ २४ को मात्रै कुरा गर्दछन् । प्रधानमन्त्रीका उम्मेदवारहरु थुप्रै हुनुहुन्छ । कोही भदौ २३ कोही भदौ २४ वाला हुनुहुन्छ । नेपाली काँग्रेस पार्टीको प्रधानमन्त्रीको उम्मेदवार माघ १ वाला हो । सारा विषयलाई डकुमेण्टमा लिएर रियलाइज गरेर क्षमा मागेर, आफूलाई बदलेर पार्टीलाई जबरजस्त ढंगले एउटा नयाँ युगमा लिएर गएर फेरि पार्टी भित्रका सबैलाई गाँसेर मैदानमा लिएर जाँदै गरेको काँग्रेस र काँग्रेसको अबको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि हो । सद्भाव, सुशासन र समन्नुत । अहिले समाजलाई सद्भाव सबैभन्दा बढी चाहिएको छ । हामी कसले जिताउँला आफ्नो ठाउँमा छ । जित्ने हार्ने चलिरहन्छ ।’

उपसभापति शर्माले काँग्रेस अब देश परिवर्तनका निम्ति आत्मालोचनासहित अघि बढिरहेको बताउनु भयो ।