२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न कार्यक्रम गरी सहिदहरुको स्मरण



अ+ अ-

काठमाडौँ: देशभर विभिन्न कार्यक्रम गरी सहिदहरुको स्मरण गरिएको छ ।

सहिद दिवसका दिन लैनचौरस्थित शहीद पार्क (सहिद स्मारक) मा मुख्य समारोह आयोजना गरेर सहिदहरुको स्मरण गरिएको हो ।

ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएको छ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, अन्तरिम सरकारका मन्त्रीहरू तथा अन्य उच्च पदाधिकारीहरूको उपस्थितिमा श्रद्धाञ्जलि कार्यक्रम सम्पन्न भएको हो ।

सहिद दिवसमा प्रजातन्त्र स्थापना तथा पुनस्र्थापनाका लागि राणाकालीन तथा अन्य आन्दोलनहरूमा जीवन उत्सर्ग गर्ने शहीदहरू (शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथचन्द्र चन्द, गंगालाल श्रेष्ठ लगायत) को सम्मानमा कार्यक्रम गरिन्छ ।

माघ १० देखि १६ सम्म सहिद सप्ताह मनाइन्छ । आजको कार्यक्रमले शहीदहरूको बलिदानलाई स्मरण गर्दै राष्ट्रिय एकता र लोकतन्त्रको रक्षा गर्ने सङ्कल्प दोहो-याएको छ । —न्युज एजेन्सी नेपाल