२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसपालिको मतदान शान्तिका लागिः प्रधानमन्त्री कार्की



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले यसपालिको मतदान शान्तिका लागि गर्न आग्रह गर्नुभएको छ ।

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन नवलपुर (पूर्वी नवलपरासी) को हात्तिखोर पुग्नुभएकी प्रधानमन्त्री कार्कीले स्थानीय समुदाय, शिक्षक तथा अभिभावकसँगको अन्तर्कियामा उहाँले यस्तो आग्रह गर्नुभएको हो।

त्यस क्रममा उहाँले भन्नुभयो, ‘यो चुनाव नियमित चुनाव होइन। यो विशेष चुनाव हो। तपाईँहरु शान्तिका लागि मतदान गरिदिनुहोस्। यो खुट्किला जसरी पनि पार गर्नुपर्नेछ। व्यक्तिको जितहार भन्ने दोस्रो कुरा हो। पहिला देशलाई जिताऊँ। देशको शान्ति र रुपान्तरणका निम्ति हामी सबै एक ठाउँमा उभिएर संकल्प गर्नुपर्ने बेला हो। शान्ति र सुव्यवस्था मुलुकमा भयो भने पालो पाइएन भन्नेहरु पनि सबैले पाउलान्।’

दीक्षान्त कवाजको औपचारिक समारोह सकिएपछि प्रधानमन्त्री कार्कीले उपस्थित विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि, सञ्चारकर्मीसँग अन्तर्क्रिया गर्नुभएको थियो।

उहाँले मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कमल पराजुली, प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डेलगायत स्थानीय सुरक्षा अधिकारीहरुसँग चुनावको तयारी तथा सुरक्षा अवस्थाबारे पनि जानकारी लिनुभएको थियो।

त्यस क्रममा उहाँले चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका निम्ति कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन पनि दिनुभयो।