२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रलोपाले रुपन्देही‍-३ का उम्मेदवारलाई पार्टीबाट निकाल्यो



अ+ अ-

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले रुपन्देही‍-३का उम्मेदवारलाई पार्टीबाट निकालेको छ ।

पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै रुपन्देही ३ का उम्मेदवार गोविन्द काराखेतीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो ।

प्रलोपा रुपन्देही इन्चार्ज पंकज राई र जिल्ला संयोजक कृष्ण बन्जाडेले संयुक्त विज्ञप्ति निकाल्दै काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको उल्लेख गरेका छन् ।