२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु



अ+ अ-

सुनसरी। सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

आज साँझ करिब ५ः५० बजे इटहरीको मुख्य चोकबाट धरान तर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९२ नम्बरको ट्रकले साइकलमा सवार मोरङ सुन्दरहरैचाका ४० वर्षीय कुमार श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा मृत्यु भएका श्रेष्ठको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको प्रहरीले जनाएको छ ।

ट्रक चालक तेह्रथुमका २७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस