२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्वपालाई जनताले पाँच वर्षभन्दा बढी टिक्न नदिने टिप्पणी गर्नुभएको छ ।

आईतवार पार्टीको ओखलढुङ्गा शाखाले काठमाडौंमा आयोजना गरेको निर्वाचन समीक्षात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले पार्टीभित्र एकता, संगठन सुदृढीकरण र सुशासनका लागि सामूहिक प्रयास अपरिहार्य रहेको पनि बताउनु भयो ।

उहाँले मुलुक निर्माण, भौतिक विकास तथा बेथिति र विकृतिविरुद्धको लडाईं सामूहिक प्रयासबाट मात्र सम्भव हुने उल्लेख गर्नुभयो ।

उहाँले पार्टीलाई संगठनात्मक रूपमा अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले रास्वपाका समर्थक, मतदाता र शुभेच्छुकलाई संगठन निर्माणमा सक्रिय भुमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको अब बन्ने सरकारप्रति नागरिकको उच्च अपेक्षा र चासो रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुक बनाउने कुरा, जिल्ला बनाउने कुरा, बेथिति र विकृतिविरुद्ध लड्ने कुरामा हामीहरुको सामुहिक प्रयत्न र प्रयासबाट मात्रै ठिक ढंगको उपलब्धी प्राप्त हुन्छ भन्ने कुरा हामीले भुल्नु हुदैन ।

हामी छुटयौँ र फुट्यौँ तथा हिजोको जस्तै राजनीतिक कार्यशैलीमा गयौँ भने हामीलाई जनताले पाँच वर्षभन्दा बढी गरेर खान दिँदैनन् । यो कुरा पनि हामीले भुल्नु हुँदैन ।

जिल्लामा हामीले सांगठनिक हिसावले धेरै कामहरु गर्नुपर्नेछ । अहिले नागरिकले हामीलाई धेरै मत दिनुभएको छ । तर पनि हामीले उहाँहरुलाई सांगठनिक हिसावले एकतावद्ध गर्न सकिरहेका छैनौँ ।

यो घडिमा हामीले रास्वपाका सम्पूर्ण शुभचिन्तक, मतदाता सबैले यो पार्टीलाई बलियो बनाउनको लागि संगठन निर्माणमा पनि त्यतिकै ध्यान दिनुपर्ने आवश्यकता छ ।

हाम्रो अबको केही दिनमै सरकार बन्दैछ । सरकार बन्दैगर्दा देशभरका नागरिकहरुले यो सरकारले कसरी काम गर्छ ? मुलुक र जनताको जीवन कसरी परिवर्तन गर्छ भन्ने आकांक्षा मात्रै नभई कौतुहलताका साथ हेरिरहेका पनि छन् । अब बन्ने रास्वपा सरकारले नागरिक अपेक्षाअनुसार काम गर्नेछ भन्ने विश्वास छ ।’

उहाँले रास्वपा सरकारले नागरिकको अपेक्षाअनुरुप काम गर्ने दाबी पनि गर्नुभयो । –न्युज एजेन्सी नेपाल