२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वका नेपाली मूललाई नेपालसंग जोड्न पहल गर्छु: गगन थापा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोवास गर्ने नेपाली मूलका मानिसलाई नेपालसंग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताउनु भयो ।

एशोसिएसन अफ नेपाली ओरिजिन(एएनओ)का अध्यक्ष डिल्ली अधिकारी, उपाध्यक्ष बरिष्ठ अधिबक्ता सुशीलकुमार पन्त, महासचिव चूडामणि भट्टराई र बोर्ड अफ ट्रष्टी ओमराज गुरुंगसहितको प्रतिनिधिमण्डलसंग विहीबार सांझ भेट गर्दै सभापति थापाले नेपाली कांग्रेसले आफ्‌नो चुनावी घोषणा पत्रमा नेपाली मूलका मानिसलाई समेट्ने प्रयास गरेको जानकारी पनि दिनुभयो ।

एएनकोका अध्यक्ष अधिकारीले नेपालको विकास र समृद्धिका लागि आफ्‌नै मूलका मानिसहरुबाट लगानी आकर्षित गर्नुपर्ने र यसका लागि नेपालले नेपाली मूल मैत्री कानून निर्माण गर्नु पर्ने भन्दै नेपाली कांग्रेसको ध्यानाकर्षण गराउनु भयो । नेपाली संस्कृतिका माध्यमबाट विश्वभरका नेपालीलाई जोड्ने अभियानमा एएनओ क्रियाशील रहेको जानकारी पनि उहांले दिनुभयो । एएनओका उपाध्यक्ष बरिष्ठ अधिबक्ता सुशीलकुमार पन्तले नेपाली पनका माध्यमबाट विश्वभरको नेपाली मनहरु जोड्न नेपाल सरकार र दलहरुले उचित कार्यक्रमहरु ल्याउनुपर्ने धारणा राख्नुभएको थियाे  ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी र नेपाल लोकतान्त्रिक अपांग महासंघका अध्यक्ष माधव चम्लागाईंको समेत सहभागिता रहेको सो छलफल कार्यक्रममा एएनओले विश्वका विभिन्न क्षेत्रमा चलिरहेको युद्धका कारण ती क्षेत्रमा बसोबास गरिरहेका मानिसहरु जुनसुकै बेला जे पनि हुनसक्ने त्रासद् अवस्थामा भएकाले उनीहरुको सुरक्षा र उद्दारको लागि विपक्षी दलको हैसियतले नेपाली कांग्रेसले पहल गर्न ध्यानाकर्षणसमेत गरेको छ ।

एएनओले सभापति थापालाई दिएको ध्यानाकर्षण पत्रमा लाखौं लाखको संख्यामा रहेका उनीहरुको उद्धार र उचित रोजगारीको व्यवस्थाका लागि सशक्त आवाज उठाइदिन आग्रह गर्दै युक्रेन र रुसका बीच चलिरहेको युद्धमा दुबै पक्षका सेनामा भर्ती भएका नेपालीहरुको तत्काल पहिचान गरी उनीहरुलाई स्वदेश फर्काउन गम्भीर कुटनैतिक प्रयास आवश्यक रहेकोतर्फ सशक्त आवाज उठ्नु जारुरी भएकोले गम्भीर हुन आग्रह गरिएको छ । पत्रमा भनिएको छ, “यसमा सभापतिज्यू र नेपाली कांग्रेसले उचित कदम चाल्नेछ भन्ने विश्वास लिएका छौं । साथै उनीहरुको उचित रोजगारीको व्यवस्था गर्ने चुनौतीपूर्ण कार्यमा समेत सशक्त आवाज उठाउनु जरुरी भएकोतर्फ सभापतिज्यूको ध्यानाकर्षण गराउन चाहान्छौं ।”

एएनओले विभिन्न देशमा बसोबास गरिरहेका नेपाली मुलका, नेपालीभाषीहरुका लागि गैरआवासीय नेपालीसम्बन्धी नेपालको व्यवस्थाले समेट्न असमर्थ रहेको विद्यमान अवस्थामा संसारभर छरिएर रहेका नेपालीमूलका, नेपाली जातिका नेपालीहरुको बौद्धिक, आर्थिक, सामाजिक क्षमतालाई नेपालीको पहिचानसहित नेपालसंग सामाजिक, आर्थिक र सांस्कृतिकरुपले जोड्नु अहिलेको आवश्यकता रहेकोतर्फ ध्यानकर्षण गराएको एएनओका महासचिव चूडामणि भट्टराईले जानकारी दिनुभयो ।

एसोसिएसन अफ नेपाली ओरिजिन(एएनओ) नेपाली मूलका मानिसहरुको एक साझा अभियानका रुपमा शुरु भएको छ । यही अभियानलाई अघि बढाउन गत मार्च २०२४ मा अमेरिका निवासी समाजसेवी डिल्लीराम अधिकारीज्यू को अध्यक्षतामा २७ देशका नेपालीहरु थाइल्याण्डको राजधानी बैंककमा भेला भई केन्द्रीय कमिटी गठन गरेयता विभिन्न ७ मुलुकहरुमा राष्ट्रिय कमिटीसमेत बनिसकेका छन् ।