२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निवर्तमान प्रधानमन्त्री कार्की निवास फिर्ता



अ+ अ-

काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो निवासमा फर्कनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्नुभएलगत्तै निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटार फर्केर धापासीस्थित निवासमा फर्कनुभएको हो ।

निवर्तमान कार्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “सार्वजनिक जिम्मेवारीको एक महत्वपूर्ण अध्याय औपचारिक रूपमा समाप्त भएको छ, कठिन र चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको नेतृत्व गर्नुपरेको थियो, हामी सबैको सहकार्य, समन्वय र संयमले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न सफल भयौँ, लोकतन्त्रप्रति जनताको अटुट विश्वास र सहभागिताले देशलाई सही दिशातर्फ अघि बढाएको छ ।”

जननिर्वाचित नयाँ नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न पाउँदा खुसी र निश्चिन्त भएको उल्लेख गर्दै निवर्तमान प्रधानमन्त्री कार्कीले नयाँ पुस्ताको ऊर्जावान् नेतृत्वले देशलाई अझ समृद्ध तथा स्थिर भविष्यतर्फ डो¥याउने विश्वास लिनुभएको छ ।

साथै, उहाँले यस यात्रामा साथ, सहयोग र विश्वास दिनुहुने सम्पूर्ण नेपाली नागरिक, सहकर्मी र सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गतदेखि कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडलले ६ महिनाभित्र निर्वाचनकोे जिम्मेवारी सहित नयाँ सरकार गठन गर्नुभएको थियो ।