काठमाडौं । चीनले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहणको अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेको छ।
चीन सरकारले जारी गरेको औपचारिक सन्देशमा प्रधानमन्त्री बालेनको सफल कार्यकालको कामना गर्दै नेपालसँगको परम्परागत मित्रता र आपसी सहकार्य अझ सुदृढ बनाउन तयार रहेको जनाएको छ।
सन्देशमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितका क्षेत्रमा व्यावहारिक सहयोग विस्तार गर्ने चीनको इच्छालाई पनि उल्लेख गरिएको छ।












